३. पाथीभरा क्षेत्र विकास समितिको गठन
(१) पाथीभरा क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक र साँस्कृतिक विकास गर्न पाथीभरा क्षेत्र विकास समितिको नामको एउटा समितिको गठन
हुनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरू रहनेछन् ः–
(क) नेपाल सरकारले तोकेको – अध्यक्ष
(ख) ताप्लेजुङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरू – सदस्य
(ग) सभापति, ताप्लेजुङ जिल्ला विकास समिति – सदस्य
(घ) अध्यक्ष, फुङलिङ्ग गाउँ विकास समिति – सदस्य
(ङ) अध्यक्ष, हाङ्देवा गाउँ विकास समिति – सदस्य
(च) अध्यक्ष, लिङखिम गाउँ विकास समिति – सदस्य
(छ) अध्यक्ष, फावाखोला गाउँ विकास समिति – सदस्य
(ज) अध्यक्ष, फुरुम्बु गाउँ विकास समिति – सदस्य
(झ) अध्यक्ष, तिरिङ्गे गाउँ विकास समिति – सदस्य
(ञ) प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ – सदस्य
(ट) प्रमुख, मालपोत कार्यालय, ताप्लेजुङ – सदस्य
(ठ) प्रमुख, जिल्ला भवन कार्यालय, ताप्लेजुङ – सदस्य
(ड) जिल्ला वन अधिकृत, जिल्ला वन कार्यालय – सदस्य
(ढ) प्रतिनिधि, युवा खेलकूद तथा संस्कृति मन्त्रालय – सदस्य
(ण) पाथीभरा क्षेत्रसंग सम्बन्धित जिल्लाका समाजसेवी, बुद्धिजीवी तथा प्रतिष्ठित
व्यक्तिहरू मध्येबाट नेपाल सरकारले मनोनीत गरेका पाँच जना व्यक्तिहरू – सदस्य
(त) कार्यकारी निर्देशक – सदस्य–सचिव
(३) अध्यक्ष तथा मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र निजहरू पुन मनोनित हुन सक्नेछन् ।
(४) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
(५) समितिले आवश्यकता अनुसार अन्य स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।